४४ मध्ये २६ सार्वजनिक संस्थान नाफामा, तीनको कारोबार शून्य
काठमाडौं । सरकारी स्वामित्वमा ४४ सार्वजनिक संस्थानमध्ये २६ संस्थान नाफामा सञ्चालन भइरहेको पाइएको छ । आइतबार संसदमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को सार्वजनिक संस्थानहरुको वार्षिक प्रतिवेदनअनुसार २६ वटा संस्थान नाफामा गएको पाइएको छ भने १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ। ती सबै संस्थानहरूको कुल सञ्चालन आय भने ६ खर्ब […]

