बाणिज्य बैङ्कहरुले पहिलो त्रैमासमा नाफा बढाए

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय बिबरण सार्वजनिक गरेका छन् । चालु आवको पहिलो तीन महिनामा बाणिज्य बाणिज्य बैंङ्कहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ  खुद नाफा गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बाणिज्य बैङकहरुले १३ अर्व ३४ करोड ४८ लाख ४० हजार खुद […]

साउदी अरबमा नेपाली श्रमिकमाथि चरम श्रम शोषण

काठमाडौं । साउदी अरबमा नेपाली लगायतका विदेशी श्रमिकमाथि चरम श्रम शोषण भएको छ । ठूलो फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरबका व्यापारिक स्थलहरूमा करार अनुबन्धित आप्रवासी श्रमिकहरूलाई श्रमिक भर्ती गर्ने एजेन्टहरूद्वारा ठगिएको, अत्यधिक लामो समयसम्म काममा लगाइएको, छुट्टी दिन अस्वीकार गरिएको र उनीहरूको कमाइमाथि ठगी गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालले बताएको छ। “म […]

अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

लगानी सम्मेलनको ड्रिम प्रोजेक्ट ‘रारा रिसोर्ट’: निर्माण प्रक्रिया अघि बढ्यो आईईई स्वीकृत २ अर्ब लगानी

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले आजै मात्र […]

१ खर्ब १६ अर्ब उठ्यो आन्तरिक राजस्व

काठमाडौं । चालु वर्षको पहिलो तीन महिनामा १ खर्ब १६ अर्ब १९ करोड आन्तरिक राजस्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा आन्तरिक राजस्व विभागले सो बराबर राजस्व संकलन गरेको हो । राजस्व संकलनको हिसाबले निकै महत्वपुर्ण मानिने पहिलो तीन महिनामा गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा १३.५९ प्रतिशत बढि […]

नेपाल राष्ट्र बैङ्क द्वारा “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी२०२४” जारी

काठमाडौं । “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) २०२४” जारी भएको छ ।  राष्ट्र बैंकले इजाजत पत्र प्राप्त “क” “ख” “ग” र “घ” बर्गका बैङ्क  तथा बित्तिय संस्था तथा पुर्वाधार बैङ्लाई वित्तीय संस्थालाई ग्री फाइनान्स टेक्नोलोजी २०२४ जारी गरेको हो । नेपा राष्ट्र बैङकबाट इजजाजत प्राप्त  वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, […]

दुई महिनामा यी पाँच वस्तु नेपालमा सबैभन्दा धेरै भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थि वर्ष २०८०/८१ को भदौ मसान्तसम्म २ खर्ब ५९ अर्ब ७४ करोड ९९ ला रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा नेपालको आयात २ अर्ब ७९ करोड […]

सम्पत्ति शुद्धिकरणको अनुसन्धान र अभियोजनलाई तीव्र पारिने

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज (आइतबार) बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय […]

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताए । अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पूँजीगत खर्चका लागि अझ […]

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

काठमाडौं । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा […]