आगामी कार्यदिशाका लागि बजेट स्रोत खोज्न अर्थले बनायो कार्यदल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार अर्थात् अर्थ मन्त्रालयले आगामी कार्यदिशाका लागि बजेट स्रोत खोज्न कार्यदल निर्माण गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा मन्त्रालय अन्तर्गत बजेट तथा […]

