नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ […]

बजेट कार्यान्वयन गर्न सरकारको तत्परता  जारी गर्यो ३७ बुँदे मार्गदर्शन पुर्ण पाठ सहित

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ सुरु भएको चौथो दिन सरकारले बजेट कार्यान्वयनको लागि ३७ बुँदे मातहत निकाय र सरोकारवाल निकायलाइ  मार्गदर्शन जारी  गरेको छ ।  सरकारले बजेट कार्यान्वयनलाई थप मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ मार्गदर्शन जारी गरेको बताएको छ  । अर्थ सचिब घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूलाई […]

समपूरक अनुदानमार्फत १३ अर्ब ५३ करोड रुपैयाँ बराबरका आयोजना कार्यान्वयन हुने

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक अनुदानअन्तर्गत प्रदेश सरकार तथा स्थानीय तहमार्फत कार्यान्वयन हुने क्रमागत तथा नयाँ आयोजना तथा कार्यक्रमहरू छनोट गरी बजेट विनियोजनका लागि सिफारिस गरेको छ। आयोगले प्रदेश सरकारमार्फत सञ्चालन हुने सडक, पुल, सिँचाइ, स्वास्थ्य, शिक्षा, पर्यटन तथा नदी नियन्त्रणलगायत पूर्वाधार विकाससम्बन्धी ६२ वटा आयोजना तथा स्थानीय […]

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को ,सूचना नं. ०३/०८३-८४ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको […]

अर्थमन्त्री वाग्लेद्वारा बजेट कार्यान्वयनका लागि छलफल सुरु

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा आज बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको हो। बैठकको अध्यक्षता अर्थमन्त्री वाग्लेले गरेका छन्। बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

सामाजिक सुरक्षा कोषले आफनो सेवामा तोक्यो ब्याजदर

काठमाडौं ।सामाजिक सुरक्षा कोषले आफूले प्रदान गर्ने सेवामा नयाँ ब्याजदर कायम गरेको छ । कोषले वृद्दअवस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा व्याज वार्षिक ३.२ प्रतिशत, संस्थागत तथा व्यक्तिगत अवकाश कोषमा जम्मा भएको रकममा वार्षिक ३.२ प्रतिशत ,विशेष सापटीमा कोषले लिने व्याज वार्षिक ४.७ प्रतिशत , घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा कोषले लिने […]

मिटरब्याज पीडितलाई सरकारले फेरि धोका दियो : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको आरोप लगाएका छन्। उनले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र गरिबी निवारणको सट्टा गरिब जनतालाई थप समस्यामा पार्ने काम गरेको टिप्पणी गरे। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आर्थिक […]

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं ।प्रतिनिधि सभा,अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र […]

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, करिब २ लाख सीप नभएका कामदार विदेशिए

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुल ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन्। जसमा ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ […]