११ महिनामा ६७ अर्ब ८१ करोडको इन्धन आयात, वैशाख र जेठमा उच्च माग

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) मा नेपालको इन्धन आयात निरन्तर बढेर कुल ६ लाख ८५ हजार १२७ किलोलिटर पुगेको छ, जसबाट सरकारले ३७ अर्ब ६० करोड ४२ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागको  तथ्याङ्क अनुसार साउन महिनामा ६७ हजार ७२४ किलोलिटर इन्धन आयात भएकोमा असोज र […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र पाउण्डको मूल्य बढेको छ भने युरोको विनिमयदर घटेको हो । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको […]

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच “Integrated Water Supply and Sewerage Management (Sector) Project” र “South Asia Subregional Economic Cooperation and Logistics Reforms Program- Subprogram 2”  को  लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको छ। माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष  मासातो कान्डाको उपस्थितिमा हस्ताक्षर […]

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ ः उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष भट्टले सुस्तायको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम […]

ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो । कार्यालयका अनुसार तेस्रो […]

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्न कागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ मार्फत उकत रकम संकलन गर्न लागिएको हो । यसको लागि राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तिय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न मागेको थियो । बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र […]

आर्थिक वर्षको अन्तिममा रकम फेर बदलको पुरानै प्रवृत्ति, करिब ४ अर्ब रकमान्तर

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको आकार ६.६१ प्रतिशत हुन […]

डलरको मूल्य स्थिर, युरोको घट्दा पाउण्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको थियो । […]

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै […]

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु […]