सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिअनुसार यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यसैगरी नेपाल सरकार र प्रदेश […]

यस्तो छ बुधबारको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ […]

छ घण्टामै १६६ उजुरी, दुई दर्जनलाई तत्काल जवाफ : प्रभावकारी बन्दै मन्त्री खनालको ‘गुनासो मेलबक्स’

काठमाडौं । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा १६६ वटा उजुरी र समस्या आएका छन्। मन्त्री खनालका अनुसार तीमध्ये करिब दुई दर्जन इमेलको जवाफ तत्काल […]

अर्थमन्त्रीसंग भारत र चीनका राजदूतहरुको शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले असोज ७ गते मंगलबारका दिन छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ […]

कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौं । कर्मचारीले  घुस तथा रिसवत मागेमा अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । “अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको […]

पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

काठमाडौं । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनः उत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसले ल्याएको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको थियो । […]

अर्थका तीन सहसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको सरुवा गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। अर्थका सहसचिव महेश बराल भने वित्तीय संघीयता समन्वयन महाशाखाबाट वित्तीय तालिम केन्द्रमा सरुवा भएका छन्। वित्तीय तालिम केन्द्रबाट महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा पुगेका […]

प्रधानमन्त्री सँग निजी क्षेत्रले भन्यो-पुनरोत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य

काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री शुसिला कार्कीसंग आइतबार भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसंग रहेको बताए । हामी पनि […]