अघिल्लो आर्थिक बर्ष ११ खर्ब ७८ अर्ब ८२ करोड संकलन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१\८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार यो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.३३ प्रतिशतले बढी हो । सरकारले संकलन गरेको. कुल राजश्वमा भन्सार विभागबाट ४ खर्ब ७२ अर्ब ४१ करोड, आन्तरिक राजश्व विभागबाट ५ खर्ब ७७ अर्ब ४६ […]

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ […]

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं ।सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका […]

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्तः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताए । यस्तै सडक […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त

काठमाडौं । हिजो सोमबार बसेको मन्त्री परिषद् वैठकले  राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ  । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका मध्येबाट सोमबारको मन्त्रिपरिषद […]

सेटिङमा बनाइयो बजेट :अध्यक्ष दाहाल

काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभामा उनले आफू नेतृत्वको सरकारले बजेट ल्याउन बनाएको विधि वर्तमान सरकारले भत्काएको बताएका हुन् । ‘कर्मकाण्डबाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि लागू […]

एनआरएन इन्फ्रास्ट्रक्चरले बर्णबास होटलको शेयर किन्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडले काठमाडौँको लक्जरियस बर्णबास म्युजियम होटलको संस्थापक शेयर किनेको छ। कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ता शेयर किनेको हो। सांसद तथा होटल व्यवसायी राजेन्द्र बजगाईं अध्यक्ष रहेको बर्णबास होटलको संस्थापक सेयरमध्ये १४.२ प्रतिशत शेयर किनेको हो। कम्पनीले प्रतिकित्ता १ सय २५ रुपैयाँका दरले होटलको शेयर किनेको हो। शेयर किनेपछि […]

एमाले-कांग्रेस सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के के भए काम ?

काठमाडौं । संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबिच गठबन्धन भई बनेको वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको […]

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

फिक्कल । माङसेबुङ गाउँपालिका-२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरेका छन् ।   पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् […]

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका-२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो। उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे। कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र […]