सुनकोशी–मरिण डाइभर्सनका लागि ३ अर्ब १२ करोड बजेट

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तराईका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिएको यो परियोजनाका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट छुट्याइएको हो । […]

नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा सहज गरिने

काठमाडौं । सरकारले नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा उच्च शिक्षाका लागि आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने घोषणा गरेका हुन् ।

होटल बनाउन निजी क्षेत्रलाई सरकारी जग्गा भाडामा दिइने

काठमाडौं । सरकारले सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा ‘लिज’मा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले त्यसरी होटल बनाइने स्थानमा स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्यमा पहुँचमार्ग र विद्युत् र खानेपानी सेवा विस्तार गरिने पनि बताएका छन् ।

सरकारी निकायले नेपाली गलैँचा किन्नुपर्ने

काठमाडौं । अब सरकारी तथा सार्वजनिक निकायले नेपालमै उत्पादन भएको गलैँचा खरिद गर्नुपर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो घोषणा गरेका हुन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताएका छन् ।

समस्याग्रस्त घोषित सहकारीका सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गराइने

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाहरुको छुट्टै नियामक निकाय गठन गर्ने घोषणा दोहोर्याएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक र सञ्चालकका एकाघरका परिवारका सदस्यको सम्पत्तिबाट ५ लाखसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता गरिने घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण निःशुल्क

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण निःशुल्क गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण शुल्क क्रमशः निःशुल्क गर्दै लगिने घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्ष थप ३ गन्तव्य देशसँग श्रम सम्झौता गरिने बताएका छन् ।

फेसबुक र ट्वीटरबाट हुने विज्ञापनको नियमन गरिने

काठमाडौं । सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने डिजिटल विज्ञापन नियमन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सञ्जालबाट हुने डिजिटल विज्ञापन नियमन गर्ने घोषणा गरेका हुन् । उनले लोककल्याणकारी विज्ञापनलाई यथावत राखिएको र लोककल्याणकारी विज्ञापनको वितरणलाई एकद्वारा प्रणालीमार्फत गरिने बताएका हुन् ।

रासायनिक मल किन्ने बजेट घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रासायनिक मल खरिद गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको थियो ।

उखु किसानले पाउने अनुदान बढ्यो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षका लागि ८० करोड विनियोजन गरिएको थियो ।

सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने

काठमाडौं । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।