आगामी आवको बजेटका लागि पूर्वअर्थमन्त्रीहरुले दिए यस्ता सुझाव

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ बजेटबारे पूर्वअर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । त्यसैगरी उनीहरुले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिएका छन् । […]

जैविक कृषि उपज : उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

कर्णाली । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ। […]

नेपाल-चीन उत्तरी कोरला नाकामा व्यापारिक चहलपहल बढ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् । विसं २०८० को […]

भद्रपुर कार्यालयले नौ महिनामा गर्‍यो २ अर्बबढी राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गएको आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ […]

कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ १६ स्थित उक्त उद्योगले अंकति अधिकतम मूल्य अर्थात् एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिवानासहित बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । साथै बुधवार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ […]

आलुखेतीबाट ८ लाख आम्दानी

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए । त्यसबाट करिब १४ लाखको आलु उत्पादन भको बताए । तीन महिना मिहिनेत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै […]

चालु आर्थिक वर्षमा विदेशी लगानीकर्तालाई साढे ९ अर्ब लाभांश फिर्ता लैजान स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत महिनासम्म नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्। उद्योग विभागका अनुसार, सो अवधिमा स्वीकृत लाभांश रकम ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही […]

आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा […]

९ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा […]

इलाममा रमाएर फर्किए राजदूतहरु

काठमाडौं । भिभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ । परराष्ट्रमन्त्री आरजु […]