कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको कार्यसञ्चालन व्यवस्था, २०८२ मन्त्रिपरिषदबाट स्वीकृत (मन्त्रिपरिषदका १५ निर्णय सहित)

काठमाडौं । सरकारले कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालन व्यवस्था, २०८२ स्वीकृत गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको बताए । मन्त्रिपरिषद् बैठकका निर्णय

स्थानीय सरकारद्धारा मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउ खेती सुरु गरेका छन् । जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउ खेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको […]

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारले ११ महिनामा उठायो ७३ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) ।वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० […]

हेटौंडा उपमहानगरको बजेट करिब ३ अर्ब

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न सरकारबाट प्राप्त हुने रकममार्फत खर्च व्यवस्थापन गरिने जनाएको छ। बजेटको प्रमुख आयस्रोतमा आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ र राजस्व […]

नेपाल–दक्षिण अफ्रिका साझेदारी सुदृढ गर्न महासंघको सक्रियता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो. अनिल सुकलालसँग मंगलबार भेटवार्ता गरेका छन् । महासंघ सचिवालयमा भएको उक्त भेटवार्तामा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताहरूका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीहरूलाई नेपालमा लगानी प्रवद्र्धन गर्न सहयोग […]

नयाँ बसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

काठमाडौं । नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारीसाधन नयाँ बसपार्क बाहिरबाटै चल्ने गरेका छन् । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँबसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित […]

विराटनगर महानगरको बजेट ४ अर्ब ४० करोड

काठमाडौं ।  विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८२ /८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ […]

आज अन्य सबै स्थानीय तहले बजेट ल्याउँदै, काठमाडौँ महानगर अझैँ अन्योलमा

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाबमोजिम हरेक वर्ष असार १० गतेभित्र अनिवार्य बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार आज सबै स्थानीय तहले बजेट ल्याउँदैछन् । ७५३ पालिकामध्ये ४० पालिकाले सोमबारसम्म बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७१३ मध्ये ७१२ पालिकाले आज बजेट ल्याउने तयारी गरेका छन् । असार […]

दैलेखमा ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रक्षेपण, ५० वर्षसम्म पुग्ने

काठमाडौं । नेपालले ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीको लामो अध्ययनपछि प्राप्त प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब घनमिटर बराबरको मिथेन ग्यास ९प्राकृतिक ग्यास० भण्डार रहेको तथ्य सार्वजनिक भएको छ । उक्त क्षेत्रमा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदन चिनियाँ टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई असार ५ गते बुझाएसँगै उक्त […]

धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन्। अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन् । डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बीउ, […]