विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब, १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि हुुँदै २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको देखिएको हो । २०८१ असार मसान्तसम्म भने यस्तो विदेशी विनिमय […]

चालु खाता २ खर्बभन्दा बढी बचतमा

काठमाडौं । मुलुकको चालु खाता २ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले […]

मूल्य वृद्धि १.२२ प्रतिशत विन्दुले घट्यो

काठमाडौं । नेपालमा मुद्रास्फीति (मूल्य वृद्धि) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि घटेको देखिएको हो । २०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । […]

नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले जवाफ दिएका हुन् । यस्ता छन्, प्रधानमन्त्री ओलीको जवाफहरु– १. गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” […]

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधिसभाआइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले  भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा […]

कांग्रेस सांसद खतिवडाको चेतावनी : बजेट च्यात्ने अवस्था नआओस्

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु-मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस् । त्यो अनुरोध गर्न चाहन्छु।’ उनले […]

भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी

काठमाडौं । पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिएका हुन्। ‘हामी परनिर्भर […]

रंगीचंगी कर एकीकृत गरी लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थीर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ । परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै […]

राजस्व लक्ष्य नपुगेपछि सरकारले प्रदेश र स्थानीय तहलाई दिने अनुदान काट्यो

काठमाडौं । संघीय सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको चौथो त्रैमासिक किस्ताबापत २५ प्रतिशत अनुदानमध्ये २०.६८ प्रतिशत मात्र हस्तान्तरण गर्न परिपत्र जारी गरेको हो। महालेखा नियन्त्रक कार्यालयले वैशाख १९ गते कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पठाएको परिपत्रमा चैत […]

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय÷ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख […]