५ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न […]

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस् बीच सहकार्य आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार–अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै […]

लक्ष्यकाे आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं । चालू आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रुपैयाँबराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५.७२ प्रतिशत […]

२८ वटा भन्सार मध्ये १८ वटाबाट निर्यात हुँदा १० वटाबाट निर्यात शून्य

काठमाडौं । नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि २८ वटा नाका तथा भन्सार कार्यालयहरु सञ्चालनमा रहेको पाइन्छ । उक्त भन्सार कार्यालयहरु मध्ये पछिल्लो समय निर्यात व्यापारका लागि भने १८ वटा भन्सार कार्यालय तथा नाकाहरु प्रयोगमा आँउदा बाँकी १० वटा भने प्रयोग बिहीन बन्न पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनाको अवधिमा […]

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारकाबिच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यायलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर […]

बंगलादेशका पर्यटकले नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनु

काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको “नेपाल–बङ्गलादेश पर्यटन भेटघाट” कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका […]

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम […]

११ महिनामा वीरगन्ज नाकाबाट २३८५ विद्युतीय सवारी आयात

वीरगन्ज । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारी साधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार […]

दिगो भविष्यको लागि इएसजी अपरिहार्यः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य बाटो […]

बजेट भन्दा माथि मुलुकको वैदेशिक व्यापार, करिब १९ खर्ब नजिक

काठमाडौं । मुलुकको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो वर्षको […]