थप तीन सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो । समितिले सूचना […]

लुम्बिनीको नीति तथा कार्यक्रमः सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेसनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३ /८४ को नीति […]

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

नयाँदिल्ली। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन् । आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी तथा […]

मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट

न्युयोर्क। अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो । जुलाई महिनामा आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेल […]

११ हजार पर्यटक पुगे कोशी टप्पु

सुनसरी । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ । भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष […]

भारतमा पुनः इन्धन मूल्य वृद्धि

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ । फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ । इरान र हर्मुज […]

पूर्वाधार विकासमा राजनीति नगर्न सभामुख डीपी अर्यालको आग्रह

काठमाडौं । डोलप्रसाद (डीपी) अर्याल नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी हने। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने […]

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन […]

नाफिजद्वारा आर्थिक पत्रकारहरूका लागि बजेट रिपोर्टिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा बरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् । सरकारले आगामी जेठ १५ गते आगामी आवको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]