११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे १५ खर्ब विप्रेषण (रेमिटेन्स ) भित्रिएको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५ […]

