मध्यपहाडी पुष्पलाल लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने

काठमाडौं । सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । समृद्धि करिडोर विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । यसबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता […]

१ हजार युवालाई ‘स्टार्टअप सहुलियत कर्जा’ दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् । सातवटै प्रदेशमा बिजनेस इक्युवेशन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिनेर वैदेशिक […]

थप साढे १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले सिँचाइ पूर्वाधार प्रणाली व्यवस्थित गर्दै थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको हो । यस्तै तराई मधेशका ३ लाख १८ हजार हेक्टर क्षेत्रफलमा क्लस्टरमा आधारित स्यालो […]

सूचना प्रविधि दशक’को घोषणा, नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने

काठमाडौं । ‘सरकारले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने उद्घोष गरेका हुन् । यस्तै आगामी आर्थिक वर्ष सूचना प्रविधिसँग सम्बन्धित ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा पनि सरकारले गरेको छ । साथै, नेपालबाट आइटी सम्बन्धि व्यवसाय निर्यात […]

आगामी वर्षसम्म विद्युत उत्पादन क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावट पुर्याउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने घोषणा गरेका हुन् । उनले आगामी वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट प्रतिघण्टा […]

हरेक प्रदेशमा १ हजार गाईभैंसी पालन गर्न सकिने पूर्वाधार बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हरेक प्रदेशमा कम्तिमा १ हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माण बनाइने पनि बताएको […]

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउन ‘प्याकेज’ ल्याउने तयारीमा सरकार

काठमाडौं । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन वायुसेवा प्रदायक कम्पनीलाई सरकारले छुट प्याकेज ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन रणनीति र विशेष कार्यक्रम ल्याइने बताएका हुन् । उनले देशका विमानस्थलहरु र वायु सेवा कम्पनीहरुको क्षमता […]

निर्यातमा नगद अनुदानलाई निरन्तरता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता उत्पादनहरु निकासी गर्ने उद्योगलाई नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न निर्यातमा नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् । यस्तो कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई पनि समेटिने जनाइएको छ […]

आगामी आर्थिक वर्ष १ हजार घरेलु उद्यमीलाई ब्याज अनुदान दिने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष १ हजार लघु तथा घरेलु उद्यमीलाई ब्याज अनुदान दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । साथै, लघु तथा घरेलु उद्योगहरु एक ठाउँमा मात्रै दर्ता भएर सञ्चालन हुन सक्ने व्यवस्था गरिने बताइएको छ । रैथाने […]

चौथो पुुस्ताको औद्योगिक अवधारणा अघि सार्ने घोषणा

काठमाडौं । सरकारले उद्योग र लगानी सम्बन्धि कानुनहरु समयानुकुल परिमार्जन गर्दै लैजाने बताएको छ । चौथो पुुस्ताको औद्योगिक अवधारणा अघि सार्ने नीति अघि सारिने सरकारले उद्घोष गरेको हो । ‘यसका लागि आवश्यक नीतिगत सहजीकरण गरिनेछ’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।