इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ मोर्चा खोल्ने आह्वान गरेपछि बजारमा अस्थिरता बढेको हो । हर्मुज स्ट्रेट विश्वको ऊर्जा आपूर्तिको एक महत्वपूर्ण मार्ग हो, जहाँ विश्वको लगभग एक पाँचौं तेल र ग्याँस ढुवानी हुन्छ […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

रास्वपा सरकारले वित्तमन्त्री मनमोहन सिंहले उदार अर्थनीतिमार्फत् बनाएको भारतको सिको गरेर अघि बढ्ला ?

काठमाडौं । अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारतले ९० को दशकमा ठूलो आर्थिक सुधारको कदम चालेको थियो । भारतमा त्यससमय विदेशी मुद्रा संकट, कमजोर उत्पादन र आर्थिक पतनको जोखिम थियो । सोसमय वित्तमन्त्री मनमोहन सिंहले प्रस्तुत गरेको बजेटले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने कदम चाल्यो । सिंहले मुद्रास्फीति नियन्त्रण, आयात कर कटौती, विदेशी लगानी आकर्षण, […]

होन्डा इभी रणनीति फेरबदलतर्फ

टोकियो। अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ । होन्डाले दीर्घकालीन […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ […]

राष्ट्र बैंकको ७ महिनाको वित्तीय अवस्था : वार्षिक उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत

काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत […]

शोधान्तर स्थिती र चालु खाता दुबै बचतमा

काठमाडौं । माघ महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सात महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने पुग्ने 

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो । प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल […]

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण […]

७ महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति ३३ खर्ब भन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १२ खर्ब ६१ अर्ब रुपैयाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । माघसम्म विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ को माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ […]