दूतावासलाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनको केन्द्र बनाऔँ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको सचिवाल जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (एमआईएईडि) का मास्टर्स ईन इन्टरनेशनल […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा नै रहेको थियो […]

सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य

काठमाडौं । सरकारले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि परिचयपत्रको अनिवार्य गरेको छ । ग्राहकले खरिद गरेको सुनचाँदी तथा यसका गरगहना बिक्री गर्दा अनिवार्य रुपमा आफनो परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य गरेको हो । आन्तरिक राजस्व विभागले ‘सिप प्रवद्र्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै […]

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान छ। […]

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षामा जोड

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयले आगामी वर्ष कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ […]

भारतको निजी क्षेत्रको पीएमआई सेप्टेम्बरमा बढेर ५६.५ पुग्यो, उत्पादन क्षेत्रले गर्यो नेतृत्व

काठमाडौं । एचएसबीसी  फ्ल्यास इन्डिया पीएमआईले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उत्पादन र नयाँ अर्डरमा भएको वृद्धिले व्यापारिक अवस्थालाई मजबुत बनाउँदा सेप्टेम्बर महिनामा भारतको निजी क्षेत्रको गतिविधि सुदृढ भएको छ। एचएसबीसी फ्ल्यास इन्डिया पर्चेजिङ म्यानेजर्स इन्डेक्स  कम्पोजिट आउटपुट इन्डेक्स अगस्टको ५४.३ बाट बढेर सेप्टेम्बरमा ५६.५ पुगेको छ, जुन जुन महिनापछिकै निजी क्षेत्रको गतिविधिको सबैभन्दा तीव्र विस्तार […]

काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ को हडपेको सरकारी जग्गा फिर्ता, कुल ४७१ भन्दा बढी रोपनी फिर्ता

काठमाडौं । सरकारले काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ मा व्यक्ति तथा संस्थाले हडपेको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याएको छ । काठमाडौंका विभिन्न २९ वटा भन्दा बढी स्थानमा रहेको २ लाख ४० हजार ८ वर्गमटिर (४७१.९९ रोपनी) सरकारी जग्गा फिर्ता ल्याएको हो । काठमाडौं महानगरपालिकका अनुसार महानगर क्षेत्रभित्र रहेको सरकारी जग्गा विभिन्न व्यक्ति, समाज […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ […]

१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्र नाफा, १२१ सँग घाटा

काठमाडौं । हाल नेपालले १५२ देशसँग व्यापार गरिरहेको छ। १५२ मध्ये ३१ देशसँग मात्र व्यापार फाइदामा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। बाँकी १२१ देशसँग भने नेपालको व्यापार घाटामा रहेको छ। चालू आवमा नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा बढी व्यापार घाटा छिमेकी राष्ट्र भारतसँग रहेको छ। […]

चाडपर्व नजिकिँदै गर्दा ५ रुपैयाँ घटाएर चामल बिक्री

गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा प्रतिकिलो रु पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् । कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ […]