यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि डलरको मूल्ल त्यति नै कामय थियो । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ […]

मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले नेपालबाट थाइल्यान्ड र सिङ्गापुर भई अवैध बाटोबाट मलेसिया आउने क्रम बढ्दो रहेको भन्दै सचेत गराएको छ । आइतबार रादूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमार्फत यस्तो सचेत गराएको हो । राजदूतावासकी द्वितीय सचिव कुसुम पन्तले वैदेशिक रोजगारीको लोभमा पारेर एजेन्ट वा चिनेजानेका व्यक्तिहरूले थाइल्यान्डको भिजिट भिसामा ल्याई डुङ्गा चढाएर मलेसिया भित्र्याउने गरेको […]

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

काठमाडौं ।कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएका खरेलले माछापालन व्यवसायबाट […]

करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौ महिनाका विजेता असोज १ गते घोषणा हुने, ३३ जनाले पाउने छन् पुरस्कार

काठमाडौं । नयाँ आर्थिक वर्षदेखि सुरु गरिएको करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाको विजेता असोज १ गते घोषणा गरिने भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको हो । साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ १६ गते हुने […]

मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको हो । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा […]

डलर, युरो र पाउण्डको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा नै रहेको थियो […]

दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात

काठमाडौं । पछिल्लो दुई दिनमा भारतबाट नेपालमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार भदौ २५ र २६ गते गरी दुई दिनमा ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको हो। भदौ २५ गते मात्रै ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ […]

दुबईमा अलपत्र नेपालीको उद्धारका लागि मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली नागरिक सुनिल लुंगेली मगरको उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्। मन्त्री पुनले शनिबार सामाजिक सञ्जालमार्फत मगरले दुबईबाट आफूलाई फोन गरेर समस्याबारे जानकारी गराएको भन्दै उनको उद्धारका लागि सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्। मगर कार्यरत रोजगारदाता कम्पनीले उनको राहदानी […]

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ। कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पर्यटन […]

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि […]