प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै किसानले आफ्नो […]

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

रसुवा बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएका तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताए। उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले […]

रसुवा बाढी असर : ७ हजार ५७० निजी भवनमा क्षति, करिब ३३ हजार नागरिक प्रभावित

काठमाडौं । रसुवा विनाशकारी बाढीका कारण १५ स्थानीय तहका करिब ७ हजार ५७० निजी भवन प्रभावित भएका छन्। ती भवनसँग सम्बन्धित ८ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जना जनसंख्या प्रभावित भएको अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको रसुवा-भोटेकोशी बाढी २०८३ द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुरुप […]

रसुवा बाढी : ४ खर्ब ८ अर्ब बढीको क्षति , ७ खर्ब २३ अर्ब पुनः निर्माणका लागि आवश्यक (तालिका सहित)

काठमाडौं । रसुवाको विनाशकारी बाढीका कारण ४ खर्ब भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । विनाशकारी बाढीका कारण ४ खर्ब ८ अर्ब २८ करोड ३० लाख  (२ अर्ब ६९ करोड ५३ लाख ३० हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ । उक्त क्षतिमध्ये २ खर्ब ७७ अर्ब ५८ करोड २ लाख (१ अर्ब ८१ […]

ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको […]

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ । उपलब्ध विवरणअनुसार प्रभावित […]

बारीदेखि सिधै बजारसम्म : हाटबजारले बदल्दै ग्रामीण अर्थतन्त्र

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ। विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्‍याउने माध्यम बनेको छ। हाटबजार स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ। हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ। […]

११ वर्षमा ४ गुणा भन्दा बढीले बढ्यो मुलुकको सार्वजनिक ऋण, पुग्यो पौने ३० खर्ब

काठमाडौं । पछिल्लो ११ वर्षमा सार्वजनिक ऋण ४ गुणा भन्दा बढीले बढेको छ । ११ वर्ष अघि ६ खर्ब २७ अर्ब ७८ करोड रहेको सार्वजनिक ऋणमा ४.७३ गुणले बढेर २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०८२/८३ को असारमसान्तसम्म आइपुग्दा सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको हो […]