‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले सार्वजनिक संस्थानको संरक्षण गर्ने दायित्व सबैको भएको तथा सदनमा प्रतिनिधित्व गरेका ठूला सबै पार्टी पालैपालो सरकारमा रहेकाले […]

भारतबाट गहुँ आयातका लागि ७ वटा प्रतिष्ठान छनौट

काठमाडौं । भारतबाट कोटाको गहुँ आयात गर्न सरकारले ७ वटा व्यापारिक प्रतिष्ठान छनौट गरेको छ । भारतले नेपाललाई कोटा सुविधाअन्तर्गत ९० हजार मेट्रिक टन गहुँको सुविधा उपलब्ध गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्नका लागि ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गर्नुका साथै उनीहरुलाई कोटा पनि प्रदान गरेको छ । छनोटमा […]

२६औँ पुष्प मेलामा अवलकोनकर्ताको भीड

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा शुक्रवारबाट सुरु भएको २६ औँ फ्लोरा एक्स्पोमा अवलकोनकर्ताहरूको भीड लागेको छ। चैत्र १ गतेदेखि सुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको हो। मेलाका संयोजक एवं फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङले फूलप्रेमीहरूको उपस्थिति धेरै नै राम्रो रहेको र एकैदिन ९ हजार ५ सय जना […]

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले गाउँ […]

मूल्य वृद्धिदेखि ठगीसम्म: उपभोक्ता अदालतले दिनेछ न्याय

काठमाडौं । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गर्न लागेको छ । उपभोक्ता अदालतको भोलि (शनिबार) उद्घाटन हुने छ भने त्यसले आइतबारदेखि आफ्‌नो काम सुरु गर्ने छ । सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको […]

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]

बजार अनुगमनका लागि जनशक्तिको अभाव छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोक्ताको मानवअधिका, शिघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको […]

राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन: उत्पादकत्व वृद्धिमा प्राथमिकता दिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, […]

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन् । आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताएका […]

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । एक दशक बढि समय देखि महासंघमा योगदान दिएका आचार्य […]