भृकुटीमण्डपमा नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव जारी

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख […]

व्यास नगरका सयजना किसानलाई पशुपालन तालिम

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् । तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख […]

रारामा रिसोर्ट बने कर्णालीको विकास हुने अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका […]

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले […]

बोटलर्स नेपाल (तराई) को ६ महिनामा ३ अर्ब ६९ करोडको व्यापार

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ३ अर्ब ६९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ। आव २०७९/८० मा ९ अर्ब ४० करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०७७/७८ मा ६ अर्ब १२ करोड २० लाख […]

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन्। यसमा सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका हुन्। भेटमा महासंघका […]

कोक बेच्ने बोटलर्स नेपालको ६ महिनाको व्यापार साढे ४ अर्ब, करिब साढे ३ अर्ब कर्जा लिने योजनामा

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा साढे चार अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको हो। आव २०७९/८० मा […]

अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उदघाट्न गर्दै […]

उद्यमी बन्ने बाटोमा जैमिनीका किसान

बलेवा (बागलुङ)। बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो । उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । […]

बुधबारदेखि राजधानीमा पाँचौं राष्ट्रिय महमेला हुँदै

काठमाडौं । “दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन” भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना हुने भएको छ । मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्वदेशी महको बजारीकरण तथा […]