इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

काठमाडौं । इजरायल र लेबनानबीचको सीमा तथा सुरक्षासम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्ट ४ देखि ६ सम्म इटालीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ । इजरायल दक्षिणी लेबनानका दुई ‘पाइलट जोन’ बाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम […]

युरोपमा अमेरिकी सैन्य उपस्थितिको समीक्षा सुरु

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युरोपमा आफ्नो सैन्य उपस्थितिको औपचारिक समीक्षा प्रक्रिया सुरु गरेको छ । वासिङ्टनले नाटोका युरोपेली सदस्य राष्ट्रहरूले महादेशको परम्परागत सुरक्षाको जिम्मेवारी थप प्रभावकारी रूपमा वहन गर्नुपर्ने नीति अघि बढाइरहेका बेला यो कदम चालिएको हो । अमेरिकी रक्षा उपमन्त्री एल्ब्रिज कोल्बीले सामाजिक सञ्जाल एक्समार्फत रक्षामन्त्री पीट हेग्सेथले यसअघि घोषणा गर्नुभएको योजनाअनुसार समीक्षा […]

पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का […]

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबीच […]

अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट

काठमाडौं । अमेरिका र इरानबिचको लडाइँ अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यो गिरावट अप्रिल ८ यताकै सबैभन्दा ठुलो मानिएको छ। विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य […]

अमेरिका-इरान युद्ध रोकिएसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट, ६ प्रतिशतभन्दा बढीले घट्यो मूल्य

काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी आक्रमणहरू सप्ताहन्तमा रोकिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार ६ प्रतिशतभन्दा बढीले घटेको छ। दुवै पक्षले सैन्य कारबाही स्थगित गरेसँगै कूटनीतिक समाधानको सम्भावना बढेको, साथै होर्मुज जलडमरूमध्यबाट तेल ढुवानी पुनः सहज हुने अपेक्षाले तेल बजारमा दबाब परेको हो। ब्रेन्ट, कच्चा तेलको मूल्य सोमबार बिहान प्रति ब्यारेल ६.२० […]

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

काठमाडौं । अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ । कजाखस्तानमा अवतरण नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री […]

इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ । रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी […]

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको दाबी गरे । राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा […]

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत, शिक्षा मन्त्रालयको कार्यभार प्रल्हाद जोशीलाई

काठमाडौं । भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै […]