समता घरेलु लघुवित्तको सीईओमा घिमिरे नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरेलाई पुनः नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

