सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सन नेपाल लाइफको हकप्रद शेयरका लागि आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । मागअनुसार पर्याप्त आवेदन नपरेपछि शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले असार ३ गतेसम्म बैंकिङ समयभित्र हकप्रदमा आवेदन दिन सक्ने गरी म्याद थप गरेको थियो । […]

