क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० ले पाए शेयर
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओको बाँडफाँड मंगलबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर सय रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । […]

