प्रभु महालक्ष्मी लाइफको १ लाख ७८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले १ लाख ७८ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २७० रुपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले पुस २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

तेह्रथुम पावर कम्पनीले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने, १ लाख किता सेयर किन्ने निर्णय

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले निमार्णाधिन दाना खोला जलविद्युत आयोजना (४९.९५ मेगावाट) को सेयर खरिद गर्ने योजना बनाएको हो। पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले १०० अंकित दरका १ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको छ। लालुपाते हाइड्रोपावरले विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र […]

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत पाँच वटा कम्पनीको पुस १३ गते (आइतबार) आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ती कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीले मात्र सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्। बुक क्लोजअघि अर्थात् आजसम्म नेप्सेमा सेयर खरिद गरी शेयरधनी बनेका लगानीकर्ताले शिखर इन्स्योरेन्स, […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश वितरणको घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश […]

पुस २२ गतेदेखि सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले यहि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल […]

रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न अनुमति […]

सातामा १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, बजार पुँजीकरणमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट 

काठमाडौं । यो साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१२ प्रतिशत अर्थात २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा झरेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार […]

रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो । शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख […]

हिमालयन एभरेष्टको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २,५०,०१,५७,४०० (दुई अर्ब पचास करोड एक […]

सेयर सप्लाई बढ्यो तर माग बढेन, प्रि आइपीओको दबाबले आगामी वर्षहरुमा बजारलाई कस्तो असर पार्ला ?

काठमाडौं । पछिल्लो समय आइपीओ जारी गर्ने कम्पनीको संख्यामा तीव्र वृद्धि भएको छ । १ महिनामा मात्रै ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ बिक्रीका लागि अनुमति पाएका छन् । तर, जुन हिसाबले नयाँ कम्पनीहरु थपिएका छन्, त्यसैगरी नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका छैनन् । सेयर बजारमा आएको गिरावट, अस्थिर नीति, राजनितिक घटना र कम्पनीहरुको प्रतिफल […]