माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।

कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

खरिदकर्ता हावी हुँदा बजार डबल डिजिटले बढ्यो, यी हुन् मार्केट बढ्ने केही आधारहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो । यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष […]

आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्मले ९ महिनामा कमायो १ अर्ब १० करोड

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले १ अर्ब २१ करोड, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख, सन् २०२२ मा ५० करोड र सन् २०२१ मा ५४ करोड ६० […]

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ परेका छन् । प्रहरीले उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालले सेयर बजारका लगानीकर्ता तथा ब्रोकर कम्पनीलाई पनि ठगी गर्दै आएको आरोप लाग्ने गरेको छ ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको साउन १३ गतेदेखि ७ लाख ४ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख ४० हजार १०१ कित्ता सेयर […]

गुराँस लघुवित्तको नाफासँगै जगेडा कोषमा भारी वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड ८ लाख […]

एनआरएन इन्फ्रास्ट्रक्चरले आइपीओ निष्कासनको तयारीमा रहेको वर्णबास म्युजियम होटलको १० लाख कित्ता सेयर खरिद गर्ने

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्युजियम होटलको सेयर खरिद गर्ने भएको छ । यस कम्पनीको असार २८ गते बसेको सञ्चालक समिति बैठकले वर्णबास म्युजियममा १४.२ प्रतिशत (संस्थापक समूह) सेयर स्वामित्व रहने गरी सेयर खरिद सम्झौता गरेको छ । कम्पनीले १० लाख कित्ता सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गर्ने भएको हो । वर्णबास […]

ग्लोबल आइएमई समुन्नत योजना–२ को १२ लाख ७५ हजार इकाई सर्वसाधारणलाई वितरण

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई समुन्नत योजना–२’ सामूहिक लगानी कोषको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य रु. १० का दरले जम्मा १२ करोड इकाई निष्काशन गरिएको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । उक्त इकाई मध्ये ग्लोबल […]

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, केन्द्रीय कार्यालय काठमाडौँमा सर्ने

काठमाडौं ।वित्तीय अवस्था कमजोर बन्दै गइरहेका दुई वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एकअर्कामा गाभिने भएका छन् । दुई संस्थाबीच एकीकृत कारोबारको लागि १:१ को स्वाप रेसियोमा सहमति भएको हो, जसअनुसार दुवै संस्थाका शेयरधनीहरूले बराबर मूल्यका शेयर पाउनेछन् । मर्जरपछि बन्ने संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै रहनेछ भने केन्द्रीय कार्यालय भने हालको […]