धितोपत्र बोर्डद्धारा प्रतिवेदन सार्वजनिक : नयाँ स्टकलाई अनुमति दिन र नेप्से पुनर्संरचना आवश्यक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा र सुधार ल्याउने उद्देश्यले तयार पारिएको चिन्तामणि सिवाकोटी अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटीको नेतृत्वमा गठित समितिले धितोपत्र बजार सञ्चालनका लागि एकभन्दा बढी सङ्गठित संस्था आवश्यक हुने ठहर गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा […]

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सः नेप्सेको पुनरसंरचना पहिलो सर्त

काठमाडौं । नेपालमा दोस्रो स्टक एक्सचेञ्ज खोल्ने प्रक्रिया हाललाई रोकिएको देखिएको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले हालको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनरसंरचना नभएसम्म नयाँ एक्सचेञ्जको लागि लाइसेन्स नदिन सुझाव दिएको छ। शिवाकोटी नेतृत्वको समितिले तयार पारेको ‘धितोपत्र बजार सञ्चालको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिने सम्बन्धमा अध्ययन […]

आज पनि बढ्यो शेयर बजार, नेप्सेसँगै साढे १ अर्बले बढ्यो कारोबार

काठमाडौं । सोमबार बढेको शेयर बजार मंगलबार पनि बढेको छ । निरन्तर चार दिन घटे पछि सोमबार र मंगलबार शेयर बजार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५६.७७ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट […]

ट्रेड टावरको आईपीओ असार १ गते बाँडफाँड हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड असार १ गते आइतबार हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त दिन बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ । कम्पनीले जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा […]

अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ३५ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार संस्थापक शेयरधनी, संस्थाका कर्मचारी र स्थानीय बासिन्दासँग रहेको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि असार ३१ गते सकिदै छ । संस्थापक शेयर ३० लाख, संस्थाका कर्मचारीको शेयर ३० हजार र स्थानीय बासिन्दको ५ लाख […]

दिव्यश्वरी हाइड्रोले पुनः बोलायो साधारण सभा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर लगायतका मुद्दाहरु पारित गर्नका लागि पुनः वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोले यसअघि जेठ २२ गतेको लागि बोलाएको वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ र कम्पनीको स्वीकृत नियमावली बमोजिम गुणपुरक संस्या नपुगी स्थगित भएकोमा पुनः वार्षिक साधारण सभा बोलएको हो । सभा असार ९ गतेको लागि बोलाइएको […]

हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोले पायो अनुमति

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको आधारमा १:०‍.६५ कित्ता अर्थात् १०० बराबर नयाँ ६५ कित्ता हकप्रद  शेयर बिक्रीका लागि अनुमति दिएको हो । उक्त अनुपातअनुसार २४ लाख १४ हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीले पाउनेछ । कम्पनीको धितोपत्र निष्काशन […]

संस्थापकले नकिनेपछि हिमालयन बैंकको शेयर सर्वसाधारणमा जारी

काठमाडौँ । हिमालयन बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि जारी गरेको छ । बैंकले ३१ हजार २३७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बैंकले यसअघि संस्थापक शेयर बिक्रीका लागि पहिलो प्राथमितामा संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर उक्त अवधिमा निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि १५ दिने सूचना जारी गरेको हो […]

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। सेबोनले सोमबार कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो। कम्पनीले मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको थियो। बोर्डको स्वीकृति पश्चात अब कम्पनीले कुल २४ लाख १४ हजार १ सय […]

चार दिन पछि बढ्यो शेयर बजार, उच्च अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । निरन्तर चार दिन घटे पछि साताको पहिलो दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार देखि आइतबारसम्म घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.७१ विन्दुमा […]