आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने ,मंसिर २४ गते साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकोले […]

लोअर इर्खुवा हाइड्रोपावरले मङ्सिर २५ गते साधारण सभा गर्ने, आईपीओको प्रस्ताव

काठमाडौं । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा मङ्सिर २५ गते गर्ने भएको छ । कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव […]

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८ करोड ६७ लाख

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय ववरणमा उक्त नाफा देखिएको हो । यस अवधिसम्ममा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा कम्पनीले २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको […]

शेयर लगानीकर्ताले दिए २० बुँदे सुझाव उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई

काठमाडौं । नेपाल सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताहरुले विभिन्न २० बुँदे माग प्रस्तुत गरेको छ । आयोगको कार्यालय ललितपुरमा पुगेर आयोगका पदाधिकारीसँग पुँजी बजार सुधारबारे बृहत छलफल गर्दै नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले शुक्राबार विभिन्न २० बुँदे सुझाव दिएका हुन् । लगानीकर्ताको संगठनले दिएको सुझावहरुमा धितोपत्र दलाल […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लिमिटेडले मङ्सिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले २ […]

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड ४ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । समता घरेलु लघुवित्तको  एफपीओको  बाँडफाँड  भएको छ । कम्पनीको एफपिओ आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले कार्तिक ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपिओ १२ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणको लागि  बिक्रि गरेको थियो । कम्पनीले प्रति […]

नेपाल ल्यूब आयलको १ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले २०८० पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत […]

नेप्से सँगै करिब साढे २ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचकहरु बढ्दा कारोबार रकम भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३२१ वटा कम्पनीको २ करोड १६ […]

दुई ब्रोकर एशोसिएशन मर्ज हुदै

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन एकआपसमा गाभिने भएका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालबीच बुधबार मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । बुधबार भएको सम्झौता […]

हिमायलयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको विहीवार (कात्तिक २९ गते) बसेको सञ्चालक समिति बैठकले २ बरावर १ को अनपात अर्थात, ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि शेयरधनीलाई हकप्रद […]