छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर लिलाम बढाबढीमा बिक्रिमा

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद मार्फत नबिकेको  २,४८,८३२ कित्ता शेयर  लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीको शेयर खरिद गर्न चाहने खरिद कर्ताले २०८२ साउन २१ गते भित्र प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो  खुलाई ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु  विर्तामोड […]

झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो । कुल निष्कासनमध्ये […]

प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुले सहज ढंगले लगानी फिर्ता लैजान सक्ने व्यवस्था गरिने

काठमाडौं । प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुलाई समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजाने सक्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम यस्तो व्यवस्था गरिने जनाएको छ । साथै, प्राइभेट इक्विटी […]

रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकरणको अन्तिम तयारीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकरण हुने अन्तिम तयारीमा छ । यी कम्पनीहरुले सेयरधनीलाई गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकरण हुँदैछ । रिलायबल नेपालले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस दिएको थियो । कम्पनीको ५५ लाख ६८ हजार कित्ता बोनस सूचीकृत हुँदैछ […]

नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले दिए आइपीओ बिक्रीका लागि आवेदन

काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेड र ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । भिजनले १०० रुपैयाँ अंकित दरमा ८३ लाख कित्ता  र ह्वाइट लोटसले १२ लाख १९ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन् ।  बोर्डबाट अनुमति पाएपछि यी कम्पनीहरुले सेयर बिक्री खुला गर्नेछन् ।

नेप्से सूचक ११ महिना यताकै उच्च विन्दुमा, २० अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से सूचक ८०.९७ अंकले बढेसँगै बजार गएको भदौ ६ गते यताकै हाई पोइन्टमा पुगेको हो । आज मार्केट २९७३.७० विन्दुमा बन्द भएको छ । २० अर्ब ८ करोड भन्दा धेरैको कारोबार भएको छ । लगानीकर्ताहरुको बजार प्रति आकर्षण बढ्दा सूचकमा वृद्धि देखिएको […]

सिन्धु विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको कारण यस्तो

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १९ करोड १४ […]

भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत […]

माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।