सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ दोस्रो बजारमा सूचीकृत

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत गरेको हो । ओएमपिएल स्टक संकेतबाट […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुले संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएकोमा सञ्चालक समितिको बैठकबाट उक्त शेयर बिक्रीको प्रक्रिया अघि बढाएको हो । कुनै संस्थापक शेयरधनीलाई संस्थापक शेयर खरिद गरी लिन इच्छा भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८२ जेष्ठ २१) भित्र बैंकको […]

तीन दिन लगातार घट्यो शेयर बजार, आज नेप्से घट्दा बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार देखि निरन्तर घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.५३ अंकले घटेर ४४२.०० विन्दुमा पुगेर बन्द […]

नेरुडे मिर्मिरे लघुवित्तको  साढे ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिर लघुवित्त वित्तीय संस्थाले ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन् । यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर शेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो। इच्छुक लगानीकर्ताले शेयर […]

कामना बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । सर्वसाधारणले खरिद गर्न सक्ने गरी उक्त शेयर बिक्रीमा ल्याइएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ। शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आजदेखि वैशाख […]

प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा पुगेका छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ। बुधबार प्रि ओपन सेसनमा ४४ स्टकको १५१ पटकको कारोबारमा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ बराबरको ३ लाख ३७ हजार […]

सूर्याेदय वोमी लघुवित्तको ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा ललितपुरस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयधरनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त […]

सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन […]