मेवा डेभलपर्सले आईपीओ निष्कासनका लागि सेबोनमा दियो निवेदन
काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सेबोनबाट स्वीकृति पाए पछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

