लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि भोलि पुस १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् । बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ […]

१२.५० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेको छ । सोसँगै बजार २५९४.८७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३० वटा कम्पनी ६० हजार पटक कारोबार हुँदा १ करोड १२ लाख  कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, कारोबार रकम भने ४ अर्ब ७४ लाख रुपैयाँ पुगेको छ […]

सिंगटी हाईड्रोपावरले बोलायो १६औं वार्षिक साधारण सभा, लाभांश पारित गर्ने तयारी

काठमाडौं । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा हुनेगरी आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१–८२ सम्मको वितरणयोग्य […]

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीले अब छिट्टै सञ्चालक समितिको बैठक बोलाएर […]

लाभांश प्रस्ताव सहित एचआईडीसीएलले बोलायो साधारणसभा

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लाभांश प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४ औं वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस […]

कुमारी बैंकले बोलायो साधारणसभा 

काठमाडौं । कुमारी बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २५ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले यस अघि नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, […]

गुहेश्वरी मर्चेन्टको संस्थापक सेयर लिलाम बिक्रीमा 

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले संस्थाप सेयर बिक्रीमा राखेको छ । यस अघि हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि आम सर्वसाधारणका लागि उक्त सेयर लिलाम बिक्री मार्फत बिक्रीमा राखिएको हो । यस अघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेको कम्पनीले अहिले आम सर्वसाधारणका लागि १५ दिनको सूचना […]

नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबारका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे देखि सुरु हुने छ । कम्पनीको २६औं वार्षिक साधारणसभाको मुख्य […]

पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आउँदै 

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन पश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका […]

एक हप्तामा करिब १ प्रतिशत घट्यो नेप्से

काठमाडौं । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार […]