सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार  नेप्से परिसूचक १.६६ अंकले घटेको छ । बजार २६०७.३७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२६ वटा कम्पनी ६९ हजार पटक कारोबार हुँदा ७७ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो […]

आईपीओ जारी गर्नका लागि सेबोनमा मौलाकाली केवलकारको निवेदन 

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई […]

आजसम्म कायम सेयरधनीले मात्रै घोराही सिमेन्टको लाभांश पाउने

काठमाडौं । बिहीबार (आज)सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै  लाभांश प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

सालपा विकास बैंकको आईपीओ आजदेखि खुला

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । बैंकले आज मंसिर २५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । […]

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २२ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ […]

१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

५.०३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०३ अंकले घटेको छ । बजार २६०९.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ९१ हजार ३९४ पटक कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार रकम भने ३ अर्ब ७३ कारोड ८७ लाख रुपैयाँ पुगेको छ । यो रकम […]

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् […]

साहस ऊर्जाको १२ औँ साधारणसभा आज, के के छन् एजेण्डा ? 

काठमाडौं । साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । साधारणसभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ […]

बुद्धभूमि नेपाल हाइड्रोको १७ औँ साधारणसभा आज 

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ । लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद […]