फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता २८० रुपैयाँ 

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ । यसमा हाल कायम संस्थाका संस्थापक सेयरधनी व्यक्ति÷संस्थाले निवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र […]

आइएमई लाइफको लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति […]

एकैदिन ६ कम्पनीको साधारणसभा बस्दै, कतिले दिन्छन् लाभांश ? 

काठमाडौं । आज एकै दिन विभिन्न ६ वटा कम्पनीको वार्षिक साधारणसभा सम्पन्न हुँदैछ । आज मंसिर २६ गते एकैदिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वाेत्तम सिमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न हुँदैछ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औँ […]

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार  नेप्से परिसूचक १.६६ अंकले घटेको छ । बजार २६०७.३७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२६ वटा कम्पनी ६९ हजार पटक कारोबार हुँदा ७७ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो […]

आईपीओ जारी गर्नका लागि सेबोनमा मौलाकाली केवलकारको निवेदन 

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई […]

आजसम्म कायम सेयरधनीले मात्रै घोराही सिमेन्टको लाभांश पाउने

काठमाडौं । बिहीबार (आज)सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै  लाभांश प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

सालपा विकास बैंकको आईपीओ आजदेखि खुला

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । बैंकले आज मंसिर २५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । […]

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २२ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ […]

१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

५.०३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०३ अंकले घटेको छ । बजार २६०९.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ९१ हजार ३९४ पटक कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार रकम भने ३ अर्ब ७३ कारोड ८७ लाख रुपैयाँ पुगेको छ । यो रकम […]