मंगलबार नेप्से सूचक बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ३.२१ अंकले बढेको छ । बजार २५६५.१६ विन्दुमा पुगेर बन्द भएको छ । आज ३२७ वटा कम्पनी ५५ हजार ६३२ पटकको कारोबार हुँदा ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ६२ करोड ६१ लाख रहेको छ । […]

म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको सान्भि इनर्जीले १ लाख ४५ हजार कित्ता सेयरको ‘लक इन’ सकिंदै

काठमाडौं ।  म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको सान्भि इनर्जीको ‘लक इन’ अवधि आगामी मंसिर २५ गते साकिने भएको छ । यस कम्पनीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको १ लाख ४५ हजार ५९९ कित्ता सेयरको लक इन समाप्त हुने लागेको हो । लक इन समाप्त भएपछि म्युचुअल फन्डहरुले होल्ड  गरेको सेयर बिक्री गर्न सक्नेछन् ।

जीवन विकास लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० […]

सोमबार पनि घट्यो नेप्से सूचक, साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन अर्थात, सोमबारपनि नेप्से परीसूचक घटेको छ । यसदिन नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा बन्द भएको छ । ३२७ वटा कम्पनी ४० हजार पटकको कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ५१ करोड ४४ लाख रहेको छ  । सोमबार सेन्सेटिभ […]

बन्दीपुर केवलकारको सेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । बन्दीपुर केवलकार एन्ड टिरिजम लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्समा यस कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर सूचीकरण भएको हो । सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ५८ लाख ६० हजार कित्ता (२०.७१%), कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार  कित्ता (७९.२९%) सेयर समेत गरी जम्मा […]

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली अर्थात कात्तिक २५ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले मंसिर १२ गते, शुक्रबार, […]

नियमित काममा फर्किने सहमतमा पनि रोकिएन सेबोनको आन्दोलन, आन्दोलनको ‘मोडालिटी’ भने परिवर्तन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरु काममा फर्किने भएका छन् । अर्थ मन्त्रालय र सेबोनका अधिकारीबीच सहमति जुटे सँगै उनीहरु नियमित काममा फर्किने भएका हुन् । डेढ महिनादेखि निरन्तर काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी अर्थ मन्त्रालयको दोस्रो निर्देशनसँगै काममा फर्किएका हुन्। अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र […]

नेप्से परिसूचक ३०.०२ अंकले घट्यो,करोबार रकम करिब ५१ करोडले घट्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । बजार २५६६.०९ विन्दुमा  पिगरे बन्द भएको छ । यसदिन ३२३ कम्पनी ४७ हजार २६८ पटकको कारोबार हुँदा १ करोड ६ लाख १९ हजार कित्ता सेयर  खरिदबिक्री भएको छ  । कारोबार रकम भने ४ अर्ब ९० करोड ७६ लाख पुगेको छ । यो रकम […]

बुङ्गल हाइड्रो लिमिटेडको सेयर नेप्सेमा सूचीकत , कहिले देखि हुनेछ दोस्रो बजारमा कारोबार ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएका छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र बुङ्गल हाइड्रोबीज आइतबार ८६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये २९ लाख ५ हजार कित्ता (३५%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र ५६ लाख ९५ हजार […]

सिटी होटलका २१ लाख बढी हकप्रद सेयर आजदेखि लिलामीमा

काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले हकप्रदमा बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। यी सेयरमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर रहेका […]