अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ला रहने
काठमाडौं । अब देखि शुक्रबार पनि सेयर कारोबार खुला रहने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार मात्रै सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो […]

