सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थाक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएपछि अब भने सर्वसाधारणले किन्न […]

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले १ लाख ५७ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङको नाममा रहेको […]

निर्जिवन बीमा सूचकले घटायो शेयर बजार, कारोबार रकम भने सुध्रियो

काठमाडौं । सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार सेन्सेटिभ इन्डेक्स १.०८ अंकले घटेर ४६३.६४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४९ अंकले घटेको हो । सोमबार ३५० वटा कम्पनीको […]

एनएमबि म्युचुअल फण्डका तीन योजनाले १७.६५ प्रतिशतसम्म प्रतिफल बाँड्ने

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका तीनवटा योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्। योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार एनएमबि फिफ्टी (NMB 50) ले करसहित ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १० प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–२ ले ४.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका […]

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीईओ

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले खुला प्रतियोगितात्मक प्रक्रियामार्फत सीईओ नियुक्त गर्न लागेको हो। रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। संस्थाको कार्यक्षेत्र पूर्वको पर्सादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका ११ जिल्ला र […]

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ २० गते भक्तपुरको बाराहीस्थिानमा दिउँसो १ बजे वार्षिक साधारणसभा बोलाएको छ। सभामा सर्वसाधारणका लागि प्रारम्भिक शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र अन्य हाइड्रोपावर वा अन्य संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव […]

शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने

काठमाडौं । होटल पार्क ल्यान्डले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । होटलले यही भदौ १५ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । होटलले हाल कायम सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ६० […]

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा गत साउन २९ गतेबाट माछापुच्छ्रे क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु माछापुच्छ्रे क्यापिटल मार्फत हुनेछन् ।

हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ। असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। यी शेयरहरू विगत करिब तीन […]