२७.६४ अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार नेप्से सूचक २७.६४ अंकले घटेको छ । बजार २५९५.६४ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३३२ कम्पनी ४६ हजार ८७५  पटकको कारोबारमा हुँदा १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब १५ करोड ७ लाख  पुगेको छ । यो सोमबारको तुलनमा ९० […]

ग्रीनलाइफ हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बस्दै छ । कम्पनीको तीन वटा साधारणसभा आज एकै दिन हुने भएको हो । कम्पनीको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिसेयर मूल्य ३९३.४० कायम गरिएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट बैंकको सेयर मूल्य आजदेखि कारोबारमा आउनेछ ।

सार्वजनिक निष्कासन अनिश्चितकालका लागि बन्द, सरकारले निर्णय फिर्ता नलिएसम्म ब्याक नहट्ने सेबोनका कर्मचारीहरुको अडान, आखिर भएको के हो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु अहिले आन्दोलनमा छन् । उनीहरुले आन्दोलन सुरु गरेको ४२ दिन (कात्तिक १७ गते) पुगेको छ । कर्मचारीहरुको आन्दोलनका कारण बोर्डको सबै दैनिक प्रशासनिक कामहरु ठप्प छन् । आइपीओ, हकप्रद र एफपीओलगायतको सार्वजनिक निष्कासनको काम पनि ठप्प छ । आन्दोलनरत कर्मचारीहरु सरकारले सेवा सुविधा कटौतिको निर्णय फिर्ता नलिएसम्म आफूहरु पछि नहट्ने […]

८ अंकले घट्यो नेप्से सवा ३ अर्बले कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.८३ अंकले घटेर ४५६.३९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२२ अंकले घटेको हो । सोमबार ३३३ वटा कम्पनीको […]

तेह्रथुम पावर कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको ८ औँ  वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेदेखि बस्दैछ । सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी नियमनकारी निकाय वा […]

सिद्धार्थ र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको हो । दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन गरेको हो । समायोजनपछि सिद्धार्थ […]

पौने ३१ अंकले बढ्यो नेप्से, सवा ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार  नेप्स सूचक ३०.७५ अंकले बढेको छ । बजार २६३१.१४  विन्दुमा पुगेरा बन्द भएको छ । यसदीन ३१० कम्पानीको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स […]

सिटि होटलको अवितरित हकप्रद सेयर लिलाममा, मूल्य कति ?

काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम सेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित सेयर लिलाममा राखेको छ । होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फको (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फको (लकइनमा रहेको) […]

हिमालयन बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ […]