प्राविधिक विश्लेषण गर्दा अत्याधिक प्रयोग गरिने ‘एमएसीडी लाइन’ ३ वर्ष यताकै न्यून विन्दुमा, बजारमा बियरिस सेन्टिमेन्ट हावी

काठमाडौं । नेप्सेको दैनिक चार्ट (डेली चार्ट)मा मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) लाइन २०२२ जुलाई महिना यताकै न्यून विन्दुमा झरेको छ । बजारमा आएको लगातारको गिरावट कारण उक्त इन्डिकेटरमा दबाब परेको हो । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार असोज ३० गतेको डाटा अनुसार एमएसीडी माइनस ६६.७६ र सिग्नल लाइन माइनस ५६.३१ विन्दुमा झरेका छन् […]

साताको अन्तिम कारोबार दिन १८.४० अंकले घट्यो नेप्से सूचक, बैंकिङ समूहमा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेर बन्द भएको छ  । यसदिन ३११ वटा कम्पानीको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन ११ वटा समूह घटेका छन् भने २ समूह […]

मन्त्री कुलमान घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्ज ( Udo Eugen Volz)  बीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए […]

नेप्से सूचक २२.५८ अकंले घट्यो

काठमाडौं । बुधबार नेप्स परिसूचक २२.५८ अकंले घटेर २५०५.५८ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन २०६ वटा कम्पानीको ७६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ । त्यस्तै, ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन १२ वटा समूह घटेका छन् र एउटा समूह भने बढेको छ। वाणिज्य बैंक […]

जेनजीलाई भोटेकोशीको शेयर निःशुल्क दिइएको छैन

काठमाडौं । भोटकोशी जलविद्युत आयोजनाको शेयर जेनजी समूहलाई निःशुल्क वितरण नगरिएको बताइएको छ । भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड बीच निःशुल्क सेयर दिने गरी सहमति नभएको बताइएको हो । भोटेकोशी पावर कम्पनीले असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी […]

एसियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासन गर्ने

काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा कात्तिक १९ गते कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियमसहित आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का […]

वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब २० अर्बले बढ्यो, प्रतिफल दरमा भने उच्च गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा भारी वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १३ वर्षमा बैंकहरुको पुँजी ४९० प्रतिशतले बढेको हो । अहिले बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आज भन्दा १३ वर्ष अगाडि अर्थात, सन् २०१२ मा बाणिज्य बैंककको चुक्ता पुँजी ६५ अर्ब ३६ […]

श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ […]

नेप्से सूचकमा गिरावट, २१४ कम्पनीको भाउ घट्यो  

काठमाडौं । मंगलबार नेप्से सूचक घटेको छ । बजार यसदिन १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ । सोमबार ४४.२५ अंकले बढेको बजार यसदिन फेरि घटेको छ । नाफा बुक गर्नेहरु बढेसँगै बजार घटेको हो । यसदिन ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब ५ अर्ब बराबरको सेयर […]

समस्यारत मार्जिन कारोबार प्रणाली कार्यान्वयनको माग, करिब एक महिनामा कार्यान्वयन गर्ने आश्वासन

काठमाडौं । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चितता, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् । मार्जिन कारोबारका लागि ब्रोकरहरूले सिस्टम नबनाएकोलगायत कारण अझै पनि लगानीकर्ताले ब्रोकरहरूमार्फत मार्जिन सुविधाको सम्भावना […]