सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो […]

दसैं विदा अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

काठमाडौं । दसैं विदा अघि सेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन हो । सोमबार (असोज १३ गते) फुलपातीको दिनबाट दसैंको विदा सुरु हुन्छ । दसैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । अब बजार असोज १९ गते खुल्छ ।

श्रीनगर एग्रीटेकले असोज २६ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँट गरेसँगै अब आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा […]

सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन पाइन्छ आवेदन ? 

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो । कम्पनीको ८० प्रतिशत हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता […]

रिभर फल्सको हकप्रदमा सेयरमा आवेदन दिने अवधि थप 

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो । कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ […]

हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव […]

सातामा साढे ५ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात १४०.०९ अंक बढेर २६५२.०० विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द […]

लाभांश वितरण गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा असोज १० गते शुक्रबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको […]

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले स्थानीयका लागि छुट्याएको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बिक्री […]

नेपाल ल्यूब आयलको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ । यस अनुसार असोज ९ गते, बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो । सो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण […]