राजनीतिक स्थिरता नहुँदासम्म सेयर कारोबार स्थगित गरियोस् : लगानीकर्ता संघहरु

काठमाडौं । देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पुँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले हालको संवेदनशील परिस्थितिमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकाले “अनावश्यक बिक्री चाप (एबलष्अ क्भििष्लन) बढ्ने […]

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं । आज र भोलि (भदौ २५ र २६ गते) पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ […]

मंगलबार सेयर बजार नखुल्ने

काठमाडौं । मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्ने यसदिन कारोबार नखुल्ने जनाएको हो । ‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन […]

झापा इनर्जीको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २० गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज (भदौ २४ गते) साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बाँडफाँट […]

नेप्से घट्यो कारोबार बढ्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेर ४६२.२९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.२२ अंकले र सेन्सेटिभ इन्डेक्स १.८६ अंकले घटेको हो । […]

रिभर फल्स पावर लिमिटेडको हकप्रदमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको मिति २०८२ साउन २२ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ १ (१ : १) शेयरको अनुपातका प्रति शेयर १ सयका दरले  ७० लाख  कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री २०८२ भदौ २३ देखि २०८२असोज १२ गते बैंकिङ्ग समयसम्म बिक्रि खुल्ला गरेको छ । रिभर फल्स […]

सिटि होटलको हकप्रद शेयर बिक्रि खुल्ला

काठमाडौं । सिटि होटल लिमिटेडले २०८२ साउन २६ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.८० (१ : ०.८०) शेयरको अनुपातमा प्रति १ सयका दरले  १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला आज २०८२ भदौ २३ देखी २०८२ हसोज १२  गते बैंकिङ्ग समयसम्म  खुल्ला गरेको छ […]

लाभांश र हकप्रद सेयर प्रस्तावको निर्णय हुने वित्तिकै नेप्सेलाई जानकारी दिनु पर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नगद लाभांश, हकप्रद सेयर, बोनस सेयर र थप सेयर निष्कासन गर्ने निर्णय हुने वित्तिकै उक्त सूचना उपलब्ध गराउन निर्देशन दिएको छ । एक्चेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौता अनुसार यस्तो निर्णय हुने वित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी (NOTS […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेर ४६७.५१ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले घटेको हो । आइतबार […]

सनराइज होल्डिङ्गसले आइपीओ जारी गर्ने

काठमाडौं । सनराइज होल्डिङ्गस लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, कमलादी-२८, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]