नेप्सेमा लाग्यो दोस्रो सकारात्मक सर्किट, मार्केट १३५ अंकले बढ्यो

काठमाडौं । नेप्से सूचकमा दोस्रो  सकारात्मक सर्किट ब्रेकर लागेको छ । मार्केट ५ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । बजार १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।  यस्तो परिदृश्यले सेयर बजारमा लगानीकर्ताहरूको उच्च उत्साह र बजारमा माग बढी भएको संकेत गर्दछ ।

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट ब्रेकर, बढ्यो १०८ अंक

काठमाडौं । नेप्सेमा कारोबार सुरु भएको १.०२ मिनेटमै सर्किट ब्रेकर लागेको छ । मार्केट ४ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । अब २० मिनेटका लागि कारोबार स्थगित भएको छ । बजार १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेको छ ।  यस्तो परिदृश्यले सेयर बजारमा लगानीकर्ताहरूको उच्च उत्साह र बजारमा माग बढी भएको संकेत गर्दछ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढेको छ । यससँगै सूचक २७५७.१२ विन्दुमा पुगेको छ । ५ करोड ४५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १९४ कम्पनीको १ लाख ११ हजार २०२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा १८८ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य […]

आजबाट सेयर बजार खुल्ने, लगानीकर्तामा उत्साह

काठमाडौं । फागुन २१ गतेको चुनावका कारण केही दिन बन्द रहेको सेयर बजार आजबाट पुनः सञ्चालन हुने भएको छ। चुनावपछिको राजनीतिक स्थिरताले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बजार २७१२.४९ अंकमा रहेको छ  ।

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० […]

अग्नि सिमेन्ट र दि निलय होटल्सले आइपीओ जारी गर्ने

काठमाडौं । अग्नि सिमेन्ट इण्डष्ट्रिज र दि निलय होटल्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएका छन् । अग्नि सिमेन्टको सभा चैत १२ गते कम्पनी रजिष्टर्ड कार्यालतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ र २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

कुमारी बैंकको ३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले लाई ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । […]

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता सेयर सूचिकृत भएको छ । यस कप्मनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतीशत बोनस सेयर दिएको थियो । हिमालयन लघुवित्तको […]

निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से ३८.५२ अंकले बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ । बजार २७१२.४९ अंकम पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ६१ हजार ३२९ पटक्को कारोबार हुँदा १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब २३ करोड ४३ लाख […]

मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता शेयरको लइकन अवधि सकिन लागेको हो। सर्वसाधारणमा आईपीओ बाँडफाँड […]