विश्वकप वार्मअपको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी 

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ । आज भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा दीप्न्द्र सिए ऐरि र आरिफ शेखले अर्धशतक प्रहार गरे । आरिफले […]

नेपाललाई युएईको सामान्य लक्ष्य

काठमाडौं । युएईले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो। युएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान […]

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं। बाह्रौं एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार […]

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग […]

फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काठमाडौं। काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु–९, यु–११ र यु–१३ सफलता पायो । यु–९ मा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित गर्‍यो । काष्ठमण्डपका स्लोक रिमालले २ तथा अनय रेग्मीले १ गोल गरे । एक गोल आत्माघाती […]

पाकिस्तानको अडानले विश्व क्रिकेट संरचनामा असर पर्ने आईसीसीको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान सरकारले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा आफ्नो राष्ट्रिय टोलीको सहभागिताबारे व्यक्त गरेको धारणा प्रति औपचारिक प्रतिक्रिया दिएको छ। परिषद्ले उक्त विषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेको जनाएको छ। आईसीसीले जारी गरेको अभिव्यक्तिमा विश्वस्तरीय प्रतियोगिताको मूल आधार नै सबै छनोट भएका टोलीले […]

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

काठमाडौं । केटलिन फोर्डले अतिरिक्त समयमा ‘ब्रेकअवे’ बाट निर्णायक गोल गरेपछि आर्सनलले ब्राजिलको कोरिन्थियन्सलाई ३–२ ले पराजित गर्दै पहिलो महिला च्याम्पियन्स कपको उपाधि जितेको छ। आइतबार एमिरेट्स स्टेडियममा भएको फाइनल खेल निकै रोमाञ्चक रह्यो। दोस्रो हाफको इन्जुरी समयमा कोरिन्थियन्सकी भिक्टोरियाले मुसलधारे वर्षाबीच पेनाल्टी गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याएकी थिइन्। तर, अतिरिक्त समयको १०४औं […]

समृद्धिलाई डिएभी फुटसल उपाधि

काठमाडौं। समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले पराजित गर्‍यो । समृद्धिका सौगात राना मगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान १–१ गोल गरे । […]

आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]

न्यू डायमण्डले जित्यो टाइगर कपको उपाधि

कास्की ।  पोखरामा सञ्चालन भएको छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट […]