काठमान्डु चौथो जितपछि प्लेअफ नजिक

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफको सम्भावना बलियो बनाएको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै उसले अन्तिम ४ मा पुग्ने सम्भावना बलियो बनाएको हो । लिगमा चौथो जित हात पार्दै काठमानडूले ८ अंक जोडेरे अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यो सँगै उ प्लेअफ नजिक पुगेको छ […]

एनपिएलमा आज कर्णाली याक्स र काठमान्डू गोर्खाज भिड्ने 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज भिड्दैछन् । यी दुई टोलि बीचको खेल अपराह्न ३ः३० बजेदेखि सुरु हुने छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले हालसम्म एउटामात्र खेल जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने […]

च्याम्पियन जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक […]

एनपीएलमा आज पनि दुई खेल हुँदै, जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र पोखरा भिड्दै 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।  त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हुने खेलमा आज लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा साविक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । आजको पहिलो खेलमा ११ः४५ बजे लुम्बिनी र पोखरा भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर र उपविजेता सुदूरपश्चिम […]

कर्णालीमाथि विराटनगरको ३ विकेटको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्स विजयी भएको छ । विारटनगरले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । कर्णाली दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको हो । विराटनगरका लागि बासिर अहमदले अविजित ६२ रनको योगदान दिए । नारायण जोशीले २५ […]

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ […]

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक […]

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ । यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ […]

एनपिएल क्रिकेटमा पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले जित निकालेको छ ।  पोखराले साविक विजेता जनकपुरलाई पराजित गर्दै दोस्रो संस्करणमा पहिलो जित निकालेको हो । सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो । पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेका थिए […]

एनपिएल क्रिकेटमा आज चार टिम मैदानमा, सुदूर र लुम्बिनी तथा पोखरा र जनकपुर खेल्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ भने पहिलो खेल सुदूर र लुम्बिनीबीच बिहान ११ बजेर ४५ मिनेटमा शुरू […]