१९ करोड लागतमा सानो गौचरनमा स्टेडियम बन्दै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुन:निर्माणको काम थालनी गरेकी हुन् । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुन:निर्माणको जिम्मेवारी पाएको छ । […]

