एनपिएलः सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । यस्तै […]

लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोज माथि सहज जित निकालेको छ । लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ […]

लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाए पछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो । चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको […]

एनपीएल क्रिकेट : चितवन र लुम्बिनी भिड्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन् । आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् ।  गत वर्ष ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा रहेर लायन्स यो […]

एनपिएल क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । एनपिएल क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा सुदूरपश्चिमले काठमान्डू गोर्खाजलाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य सहित ब्याटिङ गरेको काठमान्डू १६.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो ।  काठमान्डूका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रनको योगदान […]

सुदूरपश्चिको सम्मानजनक योगफल, काठमान्डुलाई १४८ रनको लक्ष्य

काठमाडौं । एनपिएल क्रिकेट अन्तर्गत आजको खेलमा निकै खराब सुरुवात गरेको सुदूरपश्चिम रोयल्सले सम्मानजनक योगफल खडा गरेको छ । सुरुवाती ३ विकेट मात्रै ४ रनमा गुमाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनको योगफल खडा गरेको हो । योसँगै काठमान्डू गुर्खाजले १४८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि […]

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ र सुदूरपश्चिमको खेल हुँदै

काठमाडौं । मंसिर १ देखि जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज तेस्रो दिन   काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको […]

एनपिएलमा १५ सय सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए । त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा […]

कर्णाली माथि चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध चितवन राइनोजले जित निकालेको छ । चिवनले कर्णालीलाई ४ विकटले पराजित गरेको हो । जितका लागि पाएको १६७ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान दिए । त्यस्तै दीपक बोहराले ४२ रनको योगदान दिए […]

कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजक विरुद्धको खेलको पहिलो पारी सकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको हो । पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीता ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएसँगै चितवनले उक्त लक्ष्य पाएको हो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक […]