हङकङलाई पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको च्याम्पियन, डीएल मेथडमा १९ रनको जित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ–लुइस (डीएल) मेथडका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। […]

