टी–२० विश्वकप-इङ्गल्यान्डसँग वेस्ट इन्डिज पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । एक सय ८१ रनको लक्ष्य इङ्गल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो। इङ्गल्यान्डको जितमा ओपनर […]

