लिग २ का लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा, बसिर बाहिरिदा इशान पाण्डे टिममा

काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा इशान पाण्डेले स्थान बनाएका छन् । इशान टोलीमा भित्रँदा बसिर अहमदले भने शृंखला गुमाउने भएका छन् । लिग २ शृंखला आउँदो मंगलबार (वैशाख २९)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदै छ । स्कटल्यान्ड र अमेरिका काठमाडौंको मौसमसँग घुलमिल […]

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई हरायो

काठमाडौं । वर्षाले प्रभावित एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डिएलएस मेथडमा ९ रनले हराएको छ। नेपाल ‘ए’ को यो लगातार तेस्रो जित हो। जितको लागि ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३४.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाउँदा पानी पर्न सुरु भयो। यसपछि खेल सुचारु हुन सकेन। नेपालले […]

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न ‘साइक्लिङ’: काभ्रेका खरेल प्रथम

तनहुँ । बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै साइक्लिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले आज यहाँ साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम भएका छन् । खरेलले करिब २२ किलोमिटर दूरी एक घण्टा १९ मिनेट आठ सेकेन्डमा पूरा […]

आईपीएल क्रिकेटमा कोलकताले दिल्लीलाई ८ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । दिल्लीले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर २ बलमा २ विकेट […]

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो। व्यास नगरपालिका–३ खुल्ला मैदानमा हुने प्रतियोगिताका लागि मैदान तयार […]

नेपाल ‘ए’ काे लगातार दाेस्राे जीत, अमेरिका ३ विकेटले पराजित

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर […]

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो […]

जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वयमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि हुने भएको छ । जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जितको पहलमा हुन लागेको दुईदिने सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । सेमिनारमा ३० देखि ५० प्रशिक्षार्थी सहभागी हुने अनुमान गरिएको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन् । सहभागीलाई तालिम तथा प्रशिक्षण […]

च्याम्पियन्स लिग : पिएसजी फाइनलमा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपछि पिएसजी समग्रमा ६–५ को नतिजासहित उपाधि रक्षाको नजिक पुगेको हो। अब पिएसजीले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा ५–४ को जित निकालेको पिएसजीले दोस्रो लेगमा सुरुदेखि नै सावधानीपूर्वक खेल्यो। खेलको तेस्रो मिनेटमै […]

पञ्जाबलाई हराउँदै हैदराबाद शीर्ष स्थानमा

काठमाडौं । पञ्जाब किङ्सलाई ३३ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ । हैदराबादमा बुधबार भएको उच्च स्कोरिङ खेलमा २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्रै बनाउन सक्यो । पञ्जाबका कुपर कोनोलीले अविजित १०७ रनको शानदार शतक बनाए पनि टोलीलाई जित […]