एनपीएल: लुम्बिनीले विराटनगरसँग ठूलो योगफल जोगाउन सकेन
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर १९१ रन बनायो । जारी एनपीएलको यो हालसम्मको उच्चत योगफल थियो । […]

