भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
झापा। झापाको भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ । […]

