आइपिएल मा आज गुजरात र बैंगलोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२६ को ४२ औं खेलमा आज गुजरात टाइटन्स  र रोयल च्यालेन्जर्स बैंगलोर  बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ।

च्याम्पियन्स लिग : एट्लेटिको र आर्सनल बराबर राेकिए

काठमाडौं । एट्लेटिको म्याड्रिड र आर्सनलबीच च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ । पहिलो हाफ र दोस्रो हाफको बीचमा भिक्टर ग्योकेरेस र जुलियन अल्भारेजले एक–एक पेनाल्टी गोल गरे। तर खेलको अन्त्यतिर आर्सनलले पाएको पेनाल्टी भिएआर जाँचपछि रद्द भएपछि उनीहरूले सम्भावित जित गुमाए । खेलको सुरुवातमा जुलियन अल्भारेज र नोनी माडुएकेले उत्कृष्ट […]

सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता : प्रदीप र आयुशमान सेमिफाइनलमा

काठमाडौं ।  प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ तथा आयुशमानले निहालजंगबहादुर थापालाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरे । सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१ र ६–१ तथा दर्शिल श्रेष्ठले प्रणव […]

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो । ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने । उनले आक्रामक शैलीमा ९६ बलमा […]

च्याम्पियन्स लिग : बायर्नमाथि पिएसजीको रोमाञ्चक जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बायर्न म्युनिखलाई रोमाञ्चक खेलमा ५-४ ले पराजित गर्दै च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा झिनो अग्रता बनाएको छ। पार्क दे प्रिन्सेस रंगशालामा भएको खेलमा दुवै टोलीबाट धेरै गोल भएपछि खेल निकै रोमाञ्चक बनेको थियो। खेलको १७ औं मिनेटमा बायर्न म्युनिखका हेरी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। लुइस […]

पञ्जाब किंग्सको अपराजित यात्रामा पूर्णविराम, राजस्थान ६ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) शीर्ष टोली पञ्जाब किंग्सले सिजनको पहिलो हार बेहोरेको छ । न्यू चण्डीगढमा भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्स लाई ६ विकेटले पराजित गरेको हो । २२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाउँदै जित निकालेको हो । राजस्थानको जितमा डोनोभन फेरेइराले अविजित ५२ रन […]

घरेलु टोली रुवान्डामाथि नेपालको जित

काठमाडौं । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ। नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो। रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुवान्डालाई ६५ रनमा […]

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं । एफए कपको सेमिफाइनलमा एन्जो फर्नान्डेजले पहिलो हाफमा गरेको हेडर गोल निर्णायक बन्दा चेल्सीले वेम्ब्लीमा लिड्स युनाइटेडलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। लियम रोजेनियरलाई बर्खास्त गरिएपछि चेल्सीले खेलेको पहिलो खेलमै जित हात पारेको हो। रोसेनियरलाई पदबाट हटाइएपछि सिजनको अन्त्यसम्मका लागि क्यालम म्याकफार्लेनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। अब उनले चेल्सीलाई मे […]

सुपर ओभरमा कोलकाताको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आपिएल) मा आइतबार लखनऊ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले १ सय ५५ रन बनाएपछि खेल बराबरी भएको थियो। तर सुपर ओभरमा कोलकाताले बाजी मार्यो। यो खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गर्दै कोलकाताको जितमा निर्णायक भूमिका खेले। उनले ५१ बलमा अविजित […]

अमेरिकासँग नेपाल आज फेरि पराजित

काठमाडौं । आईसीसी महिला च्याम्पियन्स ट्रफीमा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । रुवान्डामा जारी प्रतियोगितामा पहिलो खेलमै अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल आज पुनः ७ विकेटले पराजित भएको हो। नेपालको ५ खेलमा तेस्रो हार हो भने अमेरिकाले ५ खेलमा चौथों जित हासिल गर्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले ८७ रनको सामान्य […]