आइपिएलकाे उद्घाटन खेलमा आरसिबीको विजयी
काठमाडौं । आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गएराति आरसिबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्यो । आरसिबीका लागि विराट कोहलीले ६९ रनको अविजित पारी खेले । […]

